१२ अक्षरीय गजल

Spread the love

 

Phurba, Sherpa,फुर्बा शेर्पा,pallawa , पल्लव

फुर्बा शेर्पा

डाका गुन्डागर्दीले गति बिगारे
साथीको संगतले कत्ति बिगारे

गुन्निउ चोलो खै कता हराएछ
एक भित्ता टालाले मति बिगारे

‘मुटुको’धड्कन’ प्रवासमा बेचि
नासोत्यो अंगालेर पति बिगारे

 

पैसामै बिक्री हुन्छ मानव,आज
‘लै’ लै’ फकाउनेले जत्ति बिगारे

आफैंलाई त बेचिएको छ। यहाँ
सक्दिन भन्न’ मैले यति बिगारे

Phurba, Sherpa,फुर्बा शेर्पा
ताप्लेजुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *