गजल…

Nisha K.C. Katari, नीशा केसी. क्षेत्री, pallawa, पल्लव

नीशा केसी. क्षेत्री,

कोमल पाउ टेक्छौ भने म फूल बनिदिन्छु
जंघार तर तिमी सानु म पूल बनिदिन्छु

जिवनयात्रा शुरु गर्न मात्र तिमी साहस् गर
तिम्रो तातो रगत संगै म घूल बनिदिन्छु

बेमौसमि हावाले ओइलि सके बन कुशुम
थोपा बनि बर्ष तिमी म जलमूल बनिदिन्छु

 

मधुरसले छल्किने अब्यक्त यि प्रेम निशा
स्पर्सळे धान्नु तिमी म भूल बनिदिन्छु

एक कदम आघि बढि प्रेम संसार जित तिमी
जिवन भर म तिम्रै प्यारमा चुलबुल बनिदिन्छु

निशा के. सि.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.