खाली छ है काख यो , आई बसे हुन्छनी ।।
जाने भएँ साथमा , कम्बर् कसे हुन्छनी ।।
लज्जावती फूल झै , बास्ना छरी सर्मले
सर्माउँदै घाटको , बाटो पसे हुन्छनी ।।
तिम्रै मिठो स्वरमा , बोलाउँछौं रातमा
बोल्दै मिठो स्वादको , चिल्लो घसे हुन्छनी ।।
चाहा थियो साथमा , बस्दै जुनी जीउने
मेरा तिनै स्वार्थमा , डुब्दै फसे हुन्छनी ।।
सुम्पी सके जीबनै , सारा तिमी आशमा
काली बनी नाग झै , बन्दै डसे हुन्छनी ।।
बहरे वसीत
2212 212 , 2212 212
दिनेश क्षेत्री
कालिका तिन
बर्दिया
