झुटो माया लाउँदो रैछ गुलाब बेचेर।
गुलाब संगै पढ्ने त्यो किताब बेचेर।
म नि अब तिमीले जस्तै माया गर्नेछु,
भट्टी खोलेर” दिनरात सराब बेचेर।
यि हातले सधैंभरि नेपाली लेख्न पाऊँ।
छुटेका दाजुभाइ लाई संगै भेट्न पाऊँ।
अब देशमा “नयाँ संविधान” बनेपछि,
नेपाल आमा सधैं हाँसेको देख्न पाऊँ।
हेर महोदय धेरै तमास नदेखाउनु।
खेल हैन यो जुवा तास नदेखाउनु।
हैन भने संविधान” बनाउँछु भन्दै,,,
नेपाली जनतालाई आस नदेखाउनु।
चाहिँदैन मलाई दाइजोपात तिमी भएपुग्छ
हेर मायामा हुदैन जातभात तिमी भएपुग्छ
सबै एकै हुदैंनन नि मेरो कुरा बुझ तिमी
सुखदुःखको साथी दिनरात तिमी भएपुग्छ
– बि.बि.तामाङ घिसिङ बैरागी
रामेछाप बिजुलीकोट ३ काङ्बा
हाल: मरुभूमि कुवेत
