गजल

Srijana, Aryal, Adhikai, सृजना अर्याल अधिकारी, pallawa, पल्लव

सृजना अर्याल अधिकारी

क्वैका गतिला घरबार हुन्छन्
क्वैका गलामा तरबार हुन्छन् ,

गर्छन् खुलेआम ‘धन्दा’ कसैले
क्वैका अगाडी डर-बार हुन्छन् ।

भोकै र नाङ्गै सडक्मा छ कोही
सङ्गै कसैका दरबार हुन्छन् !!

 

निर्धा सहन्छन् दुख-झैं अचानो
टुङ्गिन्न यस्तै हरबार हुन्छन्

जसले बाँड्छन् झुट्टा आश्वासन
उसैको यहाँ सरकार हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.