एका एक् पर्दा उठायो नियतीले
सर्बस्व सारा लुटायो नियतीले !!
कर्म नै खोटो ,की मेरै बुद्धि उस्तो
आँशुको धारा छुटायो नियतिले !!
न साथ पाएँ न हात छ कसैको
भाग्य नै मेरो फुटायो नियतिले !!
आकाश छानो भो धर्ति घर मेरो
पीडाको झरीमा चुटायो नियतिले !!
सोचेथें राम्रो ब्यर्थ मै खेर गयो
भागमा दुख जुटायो नियतिले !!
साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड
