मादी सरी उर्लिने मन सान्त भा ‘को देख्छु।
कुन्नि किन निरासाको आधि आ’ को देख्छु ।।
भित्री पीर लुकाउदै जबर जस्ति हाँसे पनि ।
जिन्दगीले साच्चै ठुलो धोका खा’ को देख्छु ।।
मिठो बोल्दै पिर पार्छौ कस्तो तिम्रो बानि ।
मैदानलाई भीर पार्छौ तिम्रो कस्तो बानि ।।
अटुट बग्ने यो मायाको मुहान थुन्दै फेरी ।
सुख्खा बगर तीर पार्छौ कस्तो तिम्रो बानि ।
मेची रुँदा काली आज रुन हुन्न भन्छ ।
आँगनीमै लाश पर्दा नी छुन हुन्न भन्छ ।।
दाजु भाईमै दुश्मनीको बिज रोपी दिदाँ ।
दु ख सु ख बाड्न सँगै हुन हुन्न भन्छ ।।
छाति भित्र देश दुख्छ ईतिहास बोल्दा ।
मुटु चिरा चिरा हुन्छ बेईमानले पोल्दा ।।
ठुला ठुला कुरा गर्छौ सुर्धिएको के छ ।
पराईले हेपेकै छ भित्री कुरा खोल्दा ।।
तर्किएर हिड्न थाल्यौ तर्किएकै राम्रो ।
मिठो बोल्दा माया लाग्थ्यो झर्किएकै राम्रो ।।
न त निल्नु न ओकल्नु भैरहेको थियो ।
सजिलै भो अर्कै तिर फर्किएको राम्रो ।।
नदौड भो बिहार तिर आउदैछन् मोदी बाबु ।
भिखारी झै हात पसार्न बसौलानी रोधी बाबु ।
प्रकृतिका धनि हामी सधै गरीब कहलियौ ।
जल भएर के लाग्यो र बल्ने हैन ज्योती बाबु ।।
