देखे म फूलेको , कोपिला हाली ।।
नाच्दै छ बोटैमा , फूलको डाली ।।
रोएछ डाली त्यो , कोपिला चुड्दा
डुब्दै छ गोहीको , ऑसुमा माली ।।
फक्रीन खोजे थों , कल्पना बोक्दै
कीटाणु लागेसी , लाग्छ के बाली ।।
निर्धा र दुःखीको , सुन्छ को बेथा
संघर्ष धेरैको , बाँच्नमा खाली ।।
प्राणी यि धर्तीका , सब् थिए एकै
हे देबि सोचे है , क्यै दया चाली ।।
हजज मुसम्मन अखरब अखरम अबतर
सूत्रः SSI, SSSS, ISSS,
मफ्ऊलु, मुस्तफ्फैलुन्, मफार्इलुन्
दिनेश क्षेत्री
कालिका ३, बर्दिया
हाल:- यु ए ई
