तिम्रो निर्मल मन भित्र आंधी ल्याउने नि मै हुँ
कोमल मुटु त्यो जलाएर रुवाउने नि मै हुँ
जे जे संजय भोक्नु पर्छ मै भोकौला ओ प्रिय !
चिन्ता नगर अब समस्या सुल्जाउने नि मै हुँ |
बस्नु पर्छ एक अर्काको तस्बिर हेरेर भए पनि
मन बुझाउँला कोरा कागजमा केहि केरेर भए पनि
केलाई चिन्ता गर्छौ तिमी ओ मेरी मनकी रानी ?
आखिर तिम्रै नाउँमा आउने छु म कात्रो भेरेर भए पनि |
धेरै दिन पछि तिमी संग कुरा कानी भैयो
भित्र भित्रै यो मन मेरो साँच्चै हर्षले रोयो
थाहा छैन तिमीलाई के के भयो कुन्नि प्रिय ?
तिम्रो हरेक शब्द शब्दले मुटु भित्र छोयो |
