न खेल चाल त्यो , न रोज खाल त्यो
र खोज देश यो , न सोध हाल त्यो ।।
पसे छ राज्यमा , मुसो भई यहाँ
सकेन बुझ्न क्यै , बिदेश चाल त्यो ।।
रक्षा त गर्नु थ्यों , जमीन आफुले
बिदेश चाकडी , कुरीति फाल त्यो ।।
हिमाल ताल यो , कहाँ छ गौरब
हराइ मेटियो , परेर जाल त्यो ।।
नदी र सुस्त नी , लगेर बेचियो
बनाइ देशको , चलाइ ढाल त्यो ।।
‘बहरे हजज मुसद्दस मक्बूज’
सूत्रः फाइ्लुन् , ISIS x ३
दिनेश क्षेत्री
कालिका तिन, बर्दिया
