बहरबद्ध गजल

Ram, Kande, राम कँडेल, pallawa , पल्लव

राम कँडेल

कहानी ब्यथाका लुकाएर आऊ
भिजेका परेली सुकाएर आऊ ।

शशीको सहारा उजेली छ साथी
उकालो भिरालो चुकाएर आऊ ।

नहेरी बताएँ उकालो छ बाटो
मजस्तै दुखेसो फुकाएर आऊ ।

 

भनेकै छु साथी दुखेको छ दिलमा
बिचार युद्धको त्यो झुकाएर आऊ ।

(पिङ्गल छन्दः भुजङ्गप्रयात),
बहरे मुतकारिब मुसम्मन् सालिम,
सूत्रः ISS फऊलुन् x ४
राम कँडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.