कुमारहरू आफ्नै पौरखमा
घुमे पटक पटक सुमेरु पर्वतहरू
घुमे भाइ गणेशहरू पनि
शिव पार्वतीहरूलाई र
भने
त्वमेव सर्व देव देव
अनि पाए प्रथम पुज्य वरदान ।
………र
आठ रोटी पतिलाई दिनू
पति नभए छोरालाई दिनू
छोरा नभए मित छोरालाई दिनू–
मित छोरा पनि नभए
खोलामा बगाउनू
अहँ !
कतै भेटिएन
महिनाभरि पढिएको स्वस्थानी वर्तकथामा
तैपनि छोरीलाई दिनू ।
विधानजसै युगौँदेखि मानिदै आएको
सुन्दै सुनाउँदै आएको र
चुपचाप गर्दै आएको यही हो
पहिलो पूजा गणेशकै गछौँ
हिजो पनि आज पनि
आठ रोटी,सुपारी र प्रसादका टुक्राहरू
बगाइरहेछौँ उसैगरि आज पनि ।
मेरो सानो जिज्ञाशा !
अव घोषणा हुने भनिएको
संघीय÷समावेशी विधानमा
संसोधन हुन्छ कि हुदैन ?
गणेशले पाएको प्रथम पुज्य वरदान ।
रोक लगाइन्छ कि लगाइदैन ?
आठ रोटी खोलामा बगाउन ।
रोक लगाइन्छ कि लगाइदैन ?
आठ रोटी खोलामा बगाउन ।
साभारः मधुपर्कको पूर्णाङ्क ५४६ मंङ्सिर ०७१, (सार्क साहित्य विशेष) बाट
