बहरबद्ध गजल

 

Kshetri, Dinesh, दिनेश क्षेत्री , pallawa, पल्लव

दिनेश क्षेत्री

जीबन भार यो सहदै , छ आज हिनेको त्यो
दुःख माथि सुखै दिन हो , हजार पिनेको त्यो ।।

सुन्दरता यहाँ छ जती , दिएछ सबैलाई
चिन्नु र जान्नु नै सबले , भनेर बिनेको त्यो ।।

सत्य युगै गयो जब यो , कुरा बुझिनन् उन्ले
धर्म र कर्म रैंछ ठुलो , र जन्म दिनेको त्यो ।।

 

मुर्ति र तश्र्बिर पुज है , न भन्छु कसैलाई
देबि र देउता कहने , छ कर्म चिनेको त्यो ।।

जन्म र मर्न सत्य छ जो , अकाट्य छ श्रृष्टीमा
बाँच्छु म जो भने नि यहाँ , छ प्राण छिनेको त्यो ।।

छन्द :- चन्द्र प्रयाग
SII SIS IIS ISI ISS S
दिनेश क्षेत्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.