हिजो रुए नेपालआमा आजपनि रुदैछ।
भित्रभित्रै जालझेल पक्कै यहाँ हुदैछ ॥
न’त जन्मिए सीता न फर्किए फेरि बुद्ध।
बुद्ध जन्मिएको देशमा चर्किन्दैछ युद्ध ॥१॥
भाउ बिक्री चर्किए कसरी बाँच्ने गरिब दुखी।
ति गरिब दुखीलाई देख्दा छैन मन कतै खुसी ॥
खरानी भो मन बिना खडेरी आगो सल्किएर।
दुख्छ मुटु चस्स उहीँ पुरानो घाउ बल्झिएर ॥२॥
युवा जति सबै खाडी तिर देश शुन्य पारेर।
जन्म भुमिलाई सम्झिएर रुन्छन् आँसु झारेर ॥
कोही घाइते भइन् युद्ध लड्दै कोही बिरामी।
खजुरको बोटमुनि ढुङ्गा मुढाको सिरानी ॥३॥
किन जागेनन् धर्म मानवको त्यो मन भित्र।
जताततै हेर्छु उस्तै लाग्छ संसार बिचित्र ॥
मरुभूमिको बगरमा छु आँखा भरि आँसु।
खोजीहिडे पाएनन् खुसी कसरी म हाँसु ॥४॥
बि.बि.तामाङ घिसिङ बैरागी
रामेछाप बिजुलीकोट ३ काङ्बा
हाल: मरुभूमि कुवेत
