दिनेश सुवेदीका केही चाखलाग्दा हाइकुहरूः

Dineshraj, Subedi, Dinglali, Kanchho, दिनेश सुवेदी ‘दिंमाली कान्छो’, pallawa, पल्लव

दिनेश सुवेदी ‘दिंमाली कान्छो’

फुलेको फूल
ऒईलाउँदै जान्छ
प्राकृत सत्य ।

कुमारी फूल
भमराको चुम्बन
लाग्दैछ फल ।

सौन्दर्यताको
वर्णन गर्नेहरु
खोज्दैछन् तिमी ।

 

खबरदार !
नयन जुधाएर
घायल पार्लान् ।

छोटो जीवन
अमृतको सागर
तु.पान गरौँ ।

मन्दिर गई
मूर्तीलाई सजायौ
घटेन दु:ख ।

मायालु मन
खडेरी परेकोले
बसाईं सर्यो ।

भित्ताको फोटो
निरन्तर हेर्दछ
बोल्न सकेन ।

खोलाको ढुंगा
तिमीले भनिदियौ
मेरो देउता ।

एउटा प्रेम
खामिएर आएछ
बिना ठेगाना ।

मायाको बास्ना
बिस्तारै फैलिएछ
जादू पो हो कि ?

विश्वास धेरै
गर्नेले बदलामा
सजाय खाए ।

आकाश खस्छ
भन्दै बस्नेहरुका
हातमा सून्य ।

अर्थहीन छ
मेरो ताजमहल
उनको लागि ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.