के दिनु शुभकामना लोकतन्त्रको
झनै बढ्ने महङ्गीमा भोकतन्त्रको
भन्या जस्तो केइ भा’छैन् हाम्रो देशमा,
निर्धा र निमुखा लाइ ठोकतन्त्रको
आफै मात्रै विकसित छ नेता देश जस्ता तस्तै,
देशै नरहला भन्ने शोकतन्त्रको
आजभोली तिमी धेरै कुरा लुकाउछौ
सानो सानो कुराले मेरो मन दुखाउछौ
मन पर्दैन तिमीले अरुसङ्ग जिस्केर कुरा गर्दा
भित्र भित्रै जल्छु त्यो मुस्कान अरुतिर पर्दा
नबोल पनि भन्दिन म साथिभाइ सङ्ग
सम्झनाका लहर हरु सङ्गालेर राख
मैले देको मायाहरु अङ्गालेर राख
जुनी बितोस् सयौँ सयौँ एकै शाथमा हाम्रो
माया बसोस् कांडा होस् या हांगा पातमा हाम्रो
शाथ मिठो यक अर्काको बात पनि मिठो
ल हेरन यो जीन्दगी ढल्यो कति छिटो
