आजभन्दै भोलिभन्दै कुरा’त्यसै टार्नु रहेछ !
अनेक बाहन गरेर मेरो माया मार्नु रहेछ !!
तिम्रै लागि साँचेको छु जवानी मेरो भनी !
पिरातिको बिरुवा अन्तै तिर सार्नु रहेछ !!
संगै जिउने संगै मर्ने बाचा कसम खाएर !
साउनको भेलसरि आँसु मेरो झार्नु रहेछ !!
छहर’बाट झरेको सपना देखिन्थे सधैंभरी !
किन रैछ भनेको तिम्रो मायामा हार्नु रहेछ !!
गयौं निष्ठरी रमाउँदै अरुकै हात समाउदै !
आज एक्लै मलाई दुखै दु:खमा पार्नु रहेछ !!
बि.बि.तामाङ घिसिङ बैरागी”
रामेछाप बिजुलीकोट ३ काङ्बा
हाल: कुवेत [३१/०३/२०७१]
