कुनै दिन मेरो माया बुझेर’त हेर प्रिय !
कोमल मेरो हृदयमा छुएर’त हेर प्रिय !!
तिम्रो कसम ज्यान्कै बाजि राखिदिनेछु !
यो दुखीको कुरा’नी सुनेर’त हेर प्रिय !!
कतिन्जेल तड्पेर हिड्छौं एक्लै एक्लै !
कुनैबेला यो नजरमा झुकेर’त हेर प्रिय !!
तिम्ले चाहे खुसी’नै खुसीले सजाउनेछु !
मायाको सागर भित्र डुबेर’त हेर प्रिय !!
जिन्दगीमा सधैंकिन निराश भएर हिड्नु !
फुल’जस्तै कहिलेकाहीँ फुलेर’त हेर प्रिय !!
बि.बि.तामाङ घिसिङ बैरागी”
रामेछाप बिजुलीकोट ३ काङ्बा
हाल:कुवेत [३०/०३/२०७१]
