भन्छन् धर्मको छुट्टै संसार हुन्छ |
जहाँ पाप त्यहाँ अन्धकार हुन्छ ||
जुन मान्छे घमण्ड र मुर्ख छभने |
उसको मनभित्र कु’विचार हुन्छ ||
हेर्दै जानु यो दुनियाँमा के हुदैछ |
आतंकि र महंगिको बजार हुन्छ ||
मान्छेहरू पाप लोभमा फसिन्छ |
अनि दु:ख कष्टको जोडदार हुन्छ ||
जब रित्तु र बसन्तको मिलन हुन्छ |
चारैतिर झरीवर्षा लगातार हुन्छ ||
बि.बि.तामाङ घिसिङ बैरागी”
रामेछाप बिजुलीकोट ३ काङ्बा
हाल: कुवेत [२८/०३/२०७१]
