जस्तो लेखे पनि अब गजल हुन थाल्यो
देखी कन्तबिजोग हरे दैव रुन थाल्यो
“उला ” अनि “सानी” बीच छैन कुनै साइनो
गजलबाट “तासीर “नै हराउन थाल्यो
सकारण वनमारा भने पारखीले
बरु त्यही बिचारले दिल छुन थाल्यो
खोल आँखा नादान हो भन्छ समयले
गल्तीमाथि गल्ति गर्न मान्छे पून : थाल्यो
लाऊ लाऊ साबुन पानी भन्दैछु म ,तर
कोइलाले अनुहार कठै! धुन थाल्यो
