नीताका केही मुक्तकहरु

Neeta, Kc, Bhattarai, नीता के.सी. भट्टराई, pallawa, पल्लव

नीता के.सी. भट्टराई

हद के हुन्छ मायामा, त्याग की प्राप्ति
हद के हुन्छ त्यागमा,निराशा की तृप्ति
माया,त्याग,संतुष्ठी फगत,भावना हो मुटुको
हद के हुन्छ तृष्णामा,विरक्ति की आशक्ति – !!!

उनि बदलिनुको अर्थ जान्न पाए हुन्थ्यो
अभिनय हैन,यथार्थ मान्न पाए हुन्थ्यो
सपना बुन्दै, उध्रादै गर्नु सक्दिन अब
जीवनका सामिप्यको तारा भन्न पाए हुन्थ्यो – !!!

 

भगवान जान्दिन तर पुजा जान्दछु म
मोक्ष जान्दिन तर त्याग जान्दछु म
नसोध मायाको अर्थ र परिभाष बेर्थै
माया जान्दिन तिम्रो रिक्तता जान्दछु म – !!!

कसिंगर झैँ होइन जीवन बढारेर फाल्न मिल्ने
आँशु मात्र होइन जीवन बहाएर फाल्न मिल्ने
बेदका ऋचा हो कि, पानीका फोका हो जीवन
सुनाखरी झैँ होइन जीवन उखलेर फाल्न मिल्ने – !!!

प्रश्नै प्रश्नको यो जीवन, अझै प्रश्न बन्न मन लाग्यो
बेहिसाब बेहिसाब माया, अझै बेहिसाब गर्न मन लग्यो
मन त थियो समाहित समाहित भई बहुँ संग संगै
आँशु नै आँशुको बनि, अझै परेली चुम्न मन लग्यो – !!!

मेरा आँखाहरू रसाएका छन्,तिमीले पाईला अन्तै मोड्यौ
मेरा भाबनाहरू डराएका छन्,तिमीले यात्रा बिचैमा छोड्यौ
भुल्नु अन्त हो यात्राको,भुल्न नसक्नु निरन्तरता मायाको
मेरा रहरहरु च्यातिएका छन्,तिमीले किंन्चित आफुलाई बेच्यौ – !!!

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.