“नारी”

Anita, Bhandari, Paudel, अनिता भण्डारी (पौडेल), pallawa,पल्लव

अनिता भण्डारी (पौडेल)

सहनशीलता, मिलनसारिता, धर्तिमाताको संज्ञा नारीलाई नै दिन्छन ।
भाषण, कविता ,कथा अनेकौ बिधामा नारीकै बर्णन गर्छन ।
माया प्रितिका कुरा देखि लिएर गीत, गजलमा नारीकै चर्चा छर्छन ।
नारी सौन्दर्यता र मृदुभाषी नारीकै प्रशंसामा अघि सर्छन ।

दिन रात संगै बिताउने नारीको कुनै मूल्य छैन यँहा ।
रातदिन अदृश्य नारीकै कल्पनामा मख्ख छन् जहाँ ।
सक्षम नारीलाई अगाडी बढेको हेर्ने खुबी कसैको छैन ।
असक्षम नारीलाई माथि उठाउने भन्छन ठाउं नै छैन ।

 

नारी पुरुष दुवै बराबरी एक अर्का बिना संसार अपुरो ।
तै पनि हुन्छ किन नारीको सपना सँधै अधुरो ।
आफ्नो सानो चौघेरा बाट संसार चियाउछिन ।
आफ्ना चाहना र भावनालाई आफैमा दबाउछिन ।

कोहि भन्छन नारी चुल्हो चौका अनि करेसाबारी ।
भन्छन कोहि सुन्दर फूलबारी अनि घरबारी ।
हैन हैन नारी त हो घरबारी भित्रकी आल्मारी ।
अनि आल्मारीमा सजाएर राखिएका गहना र सारी,
पुरुष सरह संघर्ष गर्ने नारीलाई पनि यहा दबाउन खोज्छन ।
घर परिवार ,अफिस सबै धान्ने नारीलाई मामुली नै ठान्छन ।
थर परिवर्तन संग संगै झेल्नु पर्ने अनेक थरि नाता ।
किताब हुन् पतिदेव भनि बन्छिन आफु बाहिरी गाता ।

समय बदलिन्छ , अनेक आउछन परिवर्तन तर सोचाई जहीको तही ।
नारीले नै नारीको अपमान गर्छन विकास कसरी हुन्छ र खोइ ?
घर सप्रे पनि नारीकै हात , भन्छन बिग्रे पनि नारीले नै ।
पुरुष को दोष हुन्न यँहा ,लुकाउछन् समाज ले नै ।
समाजले दिनु पर्छ नारीलाई समान हक र अधिकार ।
जरै देखि उखेल्नु पर्छ कुरीति र रुदिबादी संस्कार ।
बिकसित देशका नारीलाई जस्तै दिनु पर्छ काम गर्ने अवसर ।
नारी पुरुष दुवै मिले नया बिहानी आउने छ जगतभर ।

अनिता भण्डारी (पौडेल )
anuasha32@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.