कतिराम्रो हाम्रो पश्चिम स्वर्गबाट खसे जस्तो
प्रकृतिले शृङ्गारेर श्वेत हिमाल बसे जस्तो ।
नदी–नाला, लेक–बेसी शृङ्गार युक्त बेहुली झैँ
अपि, सैपाल, शिखर छ सेतो खरी धसे जस्तो ।
मठ, मन्दिर, ठाउँठाउँमा संस्कारका धरोहर
गौरा, जाता, फागुमेला सबै मनमा पसे जस्तो ।
फाग भजन, देउडा गीत पश्चिमेली पहिचान
बचाउन अघि बढ्दा सधैँ कम्मर कसे जस्तो ।
प्रकृतिको परिवेशमा रमाएका हामी सबै
अशिक्षा र रुढिवादी चङ्गुलमा फँसे जस्तो ।
लक्ष्मी दत्त भट्ट “ सत्यप्रेमी ”
चाँदनी – ५ बिष्णुनगर कंञ्चनपुर
