जस्तो भए नि त्यो व्यक्ति महान हुनु पर्छ ,
भन्दै थियो ठुलो सानो समान हुनु पर्छ ।
धेरै सुन्यौ जनतालाई झुक्याई खाने तिम्रा ,
कुरा मात्र हैन अब राम्रो काम हुनु पर्छ ।
युवा शक्ति बिदेसिय कसरी देश बन्ला ,
देश बन्न पौरखिला जवान हुनु पर्छ ।
गरीबलाई महङ्गिको मारमा पार्यौ सधै ,
हाम्रो अन्न बालिको नि अब दाम हुनु पर्छ ।
भैगो नेता धेरै राख्यौ जनता अ‘शान्ति’मा ,
सत्ता हाक्न पनि एउटा सविंधान हुनु पर्छ ।
शान्ति अधिकारी
कोहलपुर बाके
