सुन्दरता हैन,शालीनता थियो म संग, त्यो नजरले रोजेछ अर्कै
समर्पण हैन,समाधिस्थ थियो मेरो माया,त्यो नजरले रोजेछ अर्कै
तस्बिरको सुन्दरता र मर्म त्यसको रंग कोट्याएर बुझिन्न साथी
अनुराग हैन,कठ्याग्रिएको मस्तिष्कको त्यो नजरले रोजेछ अर्कै – !!!
मेरो मनको बस्ति उजाड हुन्न सधै
मेरो जिबनको शिशिर पतझड हुन्न सधै
मेरो बसन्त हो उ,फर्किन्छ अबश्य
मेरो आत्माको घाऊ आलो हुन्न सधै – !!!
आवाज हुन्न त्यहाँ, जब टुट्छन् रहरहरु
आँशु हुन्न पलकमा, जब टुट्छन् रहरहरु
पोखिन्न भने आँशु,हिमशैल बन्छ ‘पीडा’
रगताम्य हुन्न छाती, जब टुट्छन् रहरहरु – !!!
