गरीबको कार्यक्रममा श्रृगारको चाला देखे
मदिरामा मात्नेहरुको सधै बोल बाला देखे
कमिसनमा मतभेद चर्को बाझा बाझ थियो
डलर पाए शान्त भए गुराश झै गाला देखे
जस्को लागी कायक्रम उन्को वास्था नगरेर
भुडी ठुलो हुनेलार्इृ मखमलीको माला देखे
गरीब सुन्य प्राय धनी नेता मात्र साथमा थिए
डिस्को नाच प्यूने प्याला ताली पिटने कला देखे
गरीबलार्इृ राहत भन्ने गेटमा ब्यानर लगाएर
राहत लिने मान्छे हेर्दा मन्त्री जीको शाला देखे
लक्ष्मी दत्त भट्ट “ सत्यप्रेमी ”
चाँदनी – ५. बिष्णुनगर कंञ्चनपुर
