गजल

Sharada, Pathak, शारदा पाठक, pallawa, पल्लव

शारदा पाठक

तिमी मलाई माया गर्छौ भन्न थाली सकें मैले ।
सपनामा रंग भर्छौ भन्न थाली सकें मैले ।

राग्लिएको घाउ थियो,मलम लाउँदा शितल भयो ।
तिमी सिधै स्वर्ग तर्छौ भन्न थाली सकें मैले ।

सोह्र सय गोलेनिको आखाबाट आशु पुछ्यौ ।
कलि युगको दुख हर्छौ, भन्न थाली सकें मैले ।

 

जस्ले जहाँ जे जे भनेपनि मलार्इ माया गर्न
कस्सिएर अघि सर्छौ, भन्न थाली सकें मैले ।

जीन्दगीको लामो यात्रा छोट्याउदै जांदा पनि ।
‘केवल’ तिमी नाता पर्छ्यौ भन्न थाली सकें मैले ।

रविभवन, काठमाण्डौ, हाल टेक्सास अमेरिका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.