ब्याख्या गरि साध्य छैन, हार जिन्दगिमा
कति धोका,कति खाएँ मार ,जिन्दगिमा ||
त्यो घनीष्ट मित्र पनि हुन्छ, धोकेबाज
बिश्वासले मन जिती जार जिन्दगीमा ||
खोज्दै छु म, एक यस्ती स्वर्ग कि झैँ परि
जस्ले सक्छ लगाउन पार जिन्दगिमा ||
धन हुदा सबै आफ्नो ,नहुँदा पराई
बाच्नुको नै अर्थ छैन यार जिन्दगिमा ||
देखे जति चिज आफ्नै भए हुन्थ्यो भन्ने
कस्ता-कस्ता हुँदा रैछन् यार जिन्दगीमा ||
-रबिन शर्मा चापागाईं
जहदा – नवलपरासी
