पल्ला नभएको झ्यालमा च्यातिएको पर्दा थियो
असामी ऋण भन्दा माहिला साहुको कर्जा थियो
बिदेशिनु रहर अनि पिउनको लागि जहर थिएन
धारिलो तरवार भन्दा लाग्ने खुकुरीको कर्दा थियो
बाहिर बाहिर नैन सुत भित्रभित्रै भोकै सुत झैं
अभाब गरीबी भन्दा ठुलो समाजको पर्दा थियो
केबल आतंकले भरिएको समाचार जस्तो जिन्दगानी
उंभो लाग्ला भन्दा अवस्था उंधोउंधो झर्दा थियो
ब्यन्जन के हो थाहा भएन दुई गासको मुस्किलले
स्वदेशमा केही गर्छु भन्दा सुखका दिन टर्दा थियो
