मायाको जन्म भएको रै’छ पत्तो नै भएन
आँखामा कोही बसेको रै’छ पत्तो नै भएन
कुटेर हिड्थ्यो,लुछेर हिड्थ्यो,हातमा टोकेर
खेलमै माया जन्मेको रै’छ पत्तो नै भएन
कागजको डुंगा बनाउदै खेल्थ्यौ,पानीमा रुझेर
बहावले डुंगा पल्टाउछ भन्ने पत्तो नै भएन
गोंधुली बनि दुब्दैथ्यो जीवन आँशुमा डुबेर
जीवनको डुंगा चुहिएको रै’छ पत्तो नै भएन
मायाको जन्म भएको रै’छ पत्तो नै भएन
आँखामा कोही बसेको रै’छ पत्तो नै भएन – !!!
Neeta Kc
