धुत्ने,लुट्नेहरूको नै ठुलो संजाल छ यहाँ
जो तम्सिएर अघि सर्छ,उहि चण्डाल छ यहाँ
चुस्नेहरूको महलमा रवाफ नै छ काफी
आखिर पसिना बगाउने नै कंगाल छ यहाँ
जस्ले अघि बढ्न सँधै हौसला दिन्छ
हरेक कदम मा उहि पर्खाल छ यहाँ ।
काला धन्धाहरू प्रसस्त चल्छ अचेल
रातारात मान्छेहरू मालामाल छ यहाँ
धुत्ने,लुट्नेहरूको नै ठुलो संजाल छ यँहा
जो तम्सिएर अघि सर्छ,उहि चण्डाल छ यहाँ
