फुल भए यो जीन्दगी बाह्रैमास फुली दिन्थेँ
शुभ साँझ रात दिन भमरा झैँ डुलि दिन्थेँ ।
जो थिएन मेरो साथ,त्यहि मन पराएछु
तिम्रो साथ मात्र पाए आफैँलाई भुलि दिन्थेँ ।
सन्सार कै प्यारो चीज,तिमी मेरी बनी दिए
मनभित्र गुम्सिएको कथाब्याथा खुलि दिन्थेँ ।
जस्तो सुकै आँधी हुरी, भुइचालो चलेपनि
उमङ्गको बर्षा झारी छताछुल्ल चुली दिन्थेँ ।
सगरमाथा तिमी मेरो जिन्दगानी भरीलार्इ
मिल्नेभए त्यै मुटुको हिँउचुलीमै सुली दिन्थेँ ।
