गजल

Sharmila, Gautam, Kuikel,शर्मिला गौतम कुइकेल, pallawa,पल्लव

शर्मिला गौतम कुइकेल

फुल भए यो जीन्दगी बाह्रैमास फुली दिन्थेँ
शुभ साँझ रात दिन भमरा झैँ डुलि दिन्थेँ ।

जो थिएन मेरो साथ,त्यहि मन पराएछु
तिम्रो साथ मात्र पाए आफैँलाई भुलि दिन्थेँ ।

सन्सार कै प्यारो चीज,तिमी मेरी बनी दिए
मनभित्र गुम्सिएको कथाब्याथा खुलि दिन्थेँ ।

 

जस्तो सुकै आँधी हुरी, भुइचालो चलेपनि
उमङ्गको बर्षा झारी छताछुल्ल चुली दिन्थेँ ।

सगरमाथा तिमी मेरो जिन्दगानी भरीलार्इ
मिल्नेभए त्यै मुटुको हिँउचुलीमै सुली दिन्थेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.