किन,देखुँ देखुँ लाग्छ कहिँकतै भनि घोरिन्थ्यौ तिमी
दोबाटोमा रुंगेको महिनौ भयो,किन देखिन्नौ तिमी
चौतारीको त्यो एक्ले पीपललाई सोध,पर्खाईको पीडा
चैनहराएको महिनौ भयो,सपनीमा किन भेटिन्नौ तिमी – !!!
आफ्नो रुप नबिगारेरै,बहे हुन्थ्यो नदी पनि
आफ्नो सुर नछोडेरै, बर्से हुन्थ्यो झरी पनि
खुसीलाई नबगाई बहे हुन्थ्यो जीवन गंगा
कालो रंग नपोतेरै, जले हुन्थ्यो दिया पनि – !!!
हजारौ हजार स्वर्णिम दिनहरु काट्न बाँकि नै छ
सयौ सयौ प्रणयका महिनाहरू काट्न बाँकि नै छ
अन्त नभए जीवनको करडौ पलहरु बाट्न बाँकि नै
अधीरछु आज,प्रतिक्षाको चारदिन काट्न बाँकि नै छ – !!!
खाली खाली लाग्छ मलाई यो धरती अनि आकाश
फिका फिका लाग्छ मलाई यो चाँदनी अनि प्रकाश
गर्जिन्छ बादल,बर्सिन्छ आकाश,अनि कहालिन्छ यो मन
नीतान्त एक्ली ठान्छु,देखेर जुन तारा अनि मधुमास – !!!
पाउन सकिन्न उसलाई,उ बैंगुनी भैदिन्छ
अंगाल्न सकिन्न जसलाई उ याद भैदिन्छ
कति सकिन्छ र त्यागको पीडा पिउन
भेट्न सकिन्न उसलाई,उ क्षितिज भैदिन्छ – !!!
दुई शब्द बोली दिए हुन्थ्यो, भाँका मौनता कै सही
दुई थोपा नीर बहाए हुन्थ्यो, भाँका मौनता कै सही
म डुब्थे निष्टब्धता मै,अनि हुन्थे निशब्द,निशब्द
खाली खाम नै पठाए हुन्थ्यो,भाँका मौनता कै सही – !!!
