मलाई आफ्नो असली व्यवहार देखाएर
कलम छोड् भन्यो उसले हतियार देखाएर
बरखी बार्न छोडि राहत माग्न आयो छोरो
दुर्घटनामा बाउ मरेको समाचार देखाएर
आखीर चिहान उहि हो भनि मन बुझाउँछु
हेप्छन् मेरो झुपडीलाई दरबार देखाएर
सुनेको थिएँ दैवको उपहार हो रे जीवन
किन लिन्छ फिर्ता फगत सँसार देखाएर ?
बिरहीका गजललाई उपहास गर्नेहरु
चुनौति दिन्छन् योवनको बजार देखाएर ॥
बिनिता कार्की बिरही
बारा, हाल हेटौँडा
