कन्यादान

Shambhu, prasad, Aryal,शम्भु प्रसाद अर्याल,pallawa, पल्लव

शम्भु प्रसाद अर्याल

आमा,
चाहना नहुँदा नहुदै
तिमीले बिदाइ दियौ
बाबा,
तिमीले लेख्दै गरेको कलममा
पूर्ण बिराम लगाइदियौ
म त थिइन जननी
थिइन जनक
तर
जननी र जनकको र्सार्थकतालाई
वर र बधुको
संसारिक कटु सत्यलाइ
कसरी तिरस्कार गर्न सक्थे र
पक्कै पनि
जननीका निर्णयहरु गलत हुन सक्दैनन्.

 


यसै आश्वासनमा
र्समर्थन जनाएथे

मेरो कल्पनाको संसार
वर थियो
त्यो पखेरुको वर
शितलता दिने वर
हजारौ यात्रीको सितलता
दुःख सुखको सितलता
आस्थावान पुज्यारिको मन्दिर
बर बधुको समीपता
अनि म चाहन्थे
समिपको बरको पिपल
जसको मुटुले
बाधनको धुन बनास
बरको शुसितलतामा गदा पैदा गरोस
जो सीतलको माया विसाउने
महोत्सव होस
नहोस
लालसी अमिरी
जो सधै गर्मी पैदा गरोस

तर जननी
छैन सितलता
छैन समीपता
छैन मनोरञ्जन
केबल छ त के
यतना यति यातना
लातै लातको बज्रपत
आमा त्यो गृह
मैले दिएको मान अपमान हुन्छ
सङ्लो पानी धमिलो हुन्छ
नम्र बोली अशिष्ट हुन्छ
मेरो श्रृङ्गार अमङ्गल हुन्छ
किनकी
तिमीले त्रि्रो गर्भादान गर्‍यौ
गरिनौ दान हिरा मोतिहरु
पृथ्वी दान गर्‍यौ
गरिनौ दान प्रतिष्ठा

मैले कोशिस गरेकै हुँ
नओइलाउन म स्वयं
अनि समाउन खोजेकै हुँ त्यो क्षितिज
जो टाढा टाढा भागिरहयो
मेरो कुमारित्व गुमिसकेको छ
मेरा गहनाहरु खोसिइ सकेका छन
बालीका उजाड बनेकी छ
अस्तित्वहीन प्रारणर्
अर्थहीन जिन्दगी
जो अब लतिकाको फल….

मिर्दी – ५, वालिङ्ग स्याङ्जा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.