कम्युनिष्ट भए नि सम्पती चाहिने रहेछ
मिथ्या कुरा गरि जनता ढाटन पाइने रहेछ ।
भूमिगतको अर्थ नै हो कि भित्र लुकाउने
जनता झुक्काई झुटको गीत गाइने रहेछ ।
कहिले कोहि बिस्तारबादी कहिले सच्चा पंडित
कुरा फेर्दै पटक पटक मुख नि बाइने रहेछ ।
तस्कर र जाली झेली भित्र भित्र सबै साथी
सर्बहारा हु म भन्दै पाचतारेमा खाइने रहेछ ।
मिठो बोली मिठै कुरा भित्र भित्र बोकी छुरा
दुई जिब्रे कुरा जोति जताततै छाइने रहेछ ।
डम्बर पौडेल
चानुवा-८ , धनकुटा
हाल :- कतार
Shanti Pakhrin Tamang
गजल
मन भित्रको भावना छर्दै गर्छु समर्पण
उर्ली आएका कुरा नै गर्दै गर्छु समर्पण
पढ्ने र लेख्ने गर्छु म साहित्य रचना
अझै नजिक नजिक सर्दै गर्छु समर्पण
सुन मनले मनको आवाज र बुझिदेउ
यहि रचनामा साधना भर्दै गर्छु समर्पण
मेरो हरेक रचना बाच्ने हो की मर्ने खै
अनि अन्योल दोधारमा पर्दै गर्छु समर्पण
तिमी पनी त लेख्नु र लेखाउनु गजल
गर्दै कामना ओराली झर्दै गर्छु समर्पण
╰☆╮☆•*¨★ S.P ★¨*•☆╰☆╮
एस.पी
Dambar Poudel
कम्युनिष्ट भए नि सम्पती चाहिने रहेछ
मिथ्या कुरा गरि जनता ढाटन पाइने रहेछ ।
भूमिगतको अर्थ नै हो कि भित्र लुकाउने
जनता झुक्काई झुटको गीत गाइने रहेछ ।
कहिले कोहि बिस्तारबादी कहिले सच्चा पंडित
कुरा फेर्दै पटक पटक मुख नि बाइने रहेछ ।
तस्कर र जाली झेली भित्र भित्र सबै साथी
सर्बहारा हु म भन्दै पाचतारेमा खाइने रहेछ ।
मिठो बोली मिठै कुरा भित्र भित्र बोकी छुरा
दुई जिब्रे कुरा जोति जताततै छाइने रहेछ ।
डम्बर पौडेल
चानुवा-८ , धनकुटा
हाल :- कतार
P
