गजल

Spread the love
Mahendra, Prasad, Pokharel, महेन्द्र प्रसाद पोखरेल, pallawa, पल्लव

महेन्द्र प्रसाद पोखरेल

साएद मायाँ मार्छिन होला जस्तो लाग्या छ
मन अन्तै सार्छिन होला जस्तो लाग्या छ

तड्पाई तड्पाई हास्छिन उनि खै किन हो
सँधै रुने पार्छिन होला जस्तो लाग्या छ

उन्कै मान्छे राखि मनमा मलाई निकाली
उतै जिबन हार्छिन होला जस्तो लाग्या छ

 

अचकल्टो बनाई मलाई पुर्ण हुने होला
मेरो बाटो बार्छिन होला जस्तो लाग्या छ

तल बगाई माथि तिर खोज्ने रित आछ
आँखा बाहिरै तार्छिन होला जस्तो लाग्या छ

‪महेन्द्रप्रसाद‬ ‪‎पोखरेल‬

Leave a Reply

Your email address will not be published. Required fields are marked *