गजल

Binod, Sen, ‘palpali’,विनोद शेन ‘पाल्पाली’ , pallawa, पल्लव

विनोद शेन ‘पाल्पाली’

दर्दनाक कठै वेदना पाना गरिवीको!
भयावह कठै चुहिने छाना गरिवीको!!

काम्कै खोजीमा यत्रतत्र कयौ भौतारिदै!
भोको पेट कसी, निमेक माना गरिवीको!!

सस्तो मुल्य वचन-बाण सहदै हर्जाना!!
त्यही नि पुन खोसिदैछ दाना गरिवीको!!

 

पौरख खेर अकस्मात आँधी-हुरी-मन्सुन!
दिनचर्या गिठा-भ्याकुर खाना गरिवीको!!

कस्ले सुन्छ दीन्दुखीको कामना सबै मौन!
गरिवी उन्मुलन सर्कार? काना गरिवीको!!

दर्शन-जदौ….
“पाल्पाली”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.