योग्यता

Dhanraj, Giri, धनराज गिरी ‘आनन्द’ pallawa, पल्लव

धनराज गिरी ‘आनन्द’

हात लगाएँ मैले पनि
एउटा सानो योग्यता
समयले त्यसलाई
फलामको ढोका तोडिएको

समाचार बनायो
खुट्टा भुइँमा भएनन् मेरा
छोडेँ घर
खोजेँ डेरा
प्राथमिक विद्यालयको
हाकिम भएँ म–

 


गन्न छाडेँ धेरैलाई
बिस्तारै थाहा पाएँ
मेरो पनि राम्रै चर्चा
हुँदोरहेछ गाउँमा
साना–साना नानीहरूलाई
मूर्ख बनाउन दक्ष भएछु
त्यसैले,
मानिसहरू मलाई
सानु “फटाहा” भन्दा रहेछन्
मभित्रको म
मौन रहेन
दिन दुईगुना
रात चौगुना
छलाङको रहर कसलाई हुँदैन ?

यतिखेर

सामान्य होइन
असामान्य भएको छु
नाम्चेबजारको मेरो योग्यता
सगरमाथा शिखरमा पुगेको छ
म प्राडा हर्कमान हुँ
हर्कमा छु
सुन्छु
मानिसहरू मलाई
राष्ट्रिय “फटाहा” भन्दछन्
हो, यही नै
धरातलीय यथार्थ हो
मैले विद्यावारिधि गरेकै
“बौद्धिक वेश्यावृत्तिमा” हो
निहुरमुन्टी “न” को
प्रपोजल पेश गरेँ
पारित भयो
अचेल
मेरो योग्यता सुनेर
सगरमाथा पनि झुक्छ अरे
“क्या बात् म”
यस्तो पो योग्यता’
साभारः http://www.echitwanpost.com  २०७० जेठ ९’ बाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.