नहुने नि हुन्छ हजुर,मदिरा पिए पछी
आफन्त नि हुन्छन दुर,मदिरा पिए पछी
हाड बिनाको जिब्रो लट्पटिन्छ लागे पछी
यसमा मेरो के कसुर,मदिरा पिए पछी
अह!अप्सराहरु को बजार चाहिन्न मलाई
उसकै तस्बिर हुन्छ भरपुर,मदिरा पिए पछी
चोर नेताको कारणले भासिए यो पर्देशमा
सम्झेर ति हुन्छु रिसले चुर,मदिरा पिए पछी
सरकार ढालेर म देश चलाऊने कुरा गर्छु
भन्छन भुक्न थाल्यो कुकुर,मदिरा पिए पछी
सम्भु कार्की
इटहरा-मोरङ …
