यहाँ रक्त जस्तै बगेछौ तिमी नै तिमी यो दिलैमा
नटुट्ने नफुट्ने बनेछौ तिमी नै तिमी यो दिलैमा
हियारो छ साना असाद्दै प्रशस्तै छ ठाऊँ गजब्को
चपक्कै समाई बसेछौ तिमी नै तिमी यो दिलैमा
कताबाट आई समात्यौ हटाएर जाने भएनौ
बसाएर साह्रै गरेछौ तिमी नै तिमी यो दिलैमा
नदेख्दा यि आँखा भिजाएँ नमिल्दा असाद्दै डराएँ
बढी राज गर्दै हिनेछौ तिमी नै तिमी यो दिलैमा
न कोही बसेछन् न बस्ला अरूले नहेरे हुने भो
यहाँ प्यार पूरा भरेछ्यौ तिमी नै तिमी यो दिलैमा
बहरे मुतकारिब मुसद्दस् सालिम मुदाइफ १८ अक्षरमा ।
-यगण ह ६) -।ss x ६) -फऊलुन् x ६) रुक्न ६ मा आधारित ।
युसुफदिन मियाँ पाल्पाली नारायणगढ चितवनको
एक बहर एक गजल नामक बहरबद्ध गजलसङ्ग्रहबाट
