निराशा ……..

Archana, Bhatta,Kathamandu, अर्चना भट्ट, pallawa, pallawa, पल्लव

अर्चना भट्ट

निराश मेरा यी अनुभुति,
अबत भित्रै सडेर गलिसके
चाहना त सबै अधुरा रहन गए
इच्छा आकांक्षा सबै उडिसके

चाहना त मेरो मरिसक्यो
रहरहरु सबै साँघुरी सके
जीन्दगीको फूल अब ओइलिसक्यो
बाच्ने रहरहरु पनि घटी सके

 

स्वप्नामा चिच्याउछु म,
बिपनाका आवाज जति बन्द हुन पुगे
अनि कसो कसो उम्कन खोज्छु म
तर मेरो बाध्यताहरु प्रचुर भए

अनि यो बाध्यताहरुको पर्खाललाई
नत भत्काउननै सके
न सबै चिज बिर्सेर
येसैमा म रम्न सके

यो हृदयको घाउलाई मैले ,
संधै लुकाउनु परेको छ
यी अव्यक्त भावनालाई मैले
सधै मनभित्र दबाउन परेको छ

तै पनि त लाग्छ ,
जीबन त अब निराश भयो
आशाहरु मरिसके
उत्साह सबै सेलाई सक्यो .

अर्चना भट्ट, काठमाडौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.