गजल

Spread the love
Mahendra, Prasad, Pokharel, महेन्द्र प्रसाद पोखरेल, pallawa, पल्लव

महेन्द्र प्रसाद पोखरेल

कस्ले देख्छ प्रबासमा मुटु दुख्या छ
रुँदा रुँदै आँखामा आँसु सुक्या छ ।

कतिले त सोच्दा हुन् सुखै पा’को होला
कस्ले देख्छ हाँसोभित्र आाँशु लुक्या छ ।

साँझ बिहान केहि जानिन गर्दै गुलामी
कस्ले देख्छ आत्मसम्मान भुँईमा झुक्या छ ।

 

कति गाली सुनेँ होला ताना–चिन्ता कति हो
आफ्नै जिवन सम्झिएर दिलैले थुक्या छ ।

खै कहाँ छ मानबता ? कहाँ हामी छौँ
बालुवामा ‘एम.पि.’ पनि त्यसै चुक्या छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *