गजल

Spread the love
Mahendra, Prasad, Pokharel, महेन्द्र प्रसाद पोखरेल, pallawa, पल्लव

महेन्द्र प्रसाद पोखरेल

माईतीबाट मेरै पछि आयौ खुरु खुरु
नचाहँदै तिन भाई छोरा पायौ खुरु खुरु

जवानीमा मलाई तिमी देवता झै मान्दै
नखाउ मेरो जुठो भन्दा खायौ खुरु खुरु

बुढो भएँ हेला गर्न थालेकी छौ अचेल
बाहिर सुत भन्दै ओछ्यान लायौ खुरु खुरु

 

बाहिर खाटमा एक्लै सुतेँ आउछौ भन्दै राति
छिन छिन चुरा पार्दै आफैँ धायौ खुरु खुरु

अँझै लचक रहेछ नि तिम्रो जवानीमा
छाडीमलार्इ तरुनो पो रिझायौ खुरु खुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *