गजल

Spread the love
Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी’

यो उज्यालो संसारमा मेरो जन्म दियौ आमा
खुसी दिई पीडा जति सबै आफै लियौ आमा

यो अन्जान स्वार्थी अनि विशाल यो दुनियाँमा
कोमल अनि प्यारो काखको सहारामा जियौ आमा

जिन्दगीका पाइलाहरू कष्टसाथ भोगे पनि
सुख छोडी दुःखजति एक्लै तिम्ले पियौ आमा

 

जन्म दिई छोराछोरी पाल्ने पोस्ने गर्दा पनि
तिम्रो हातगोडाहरू कति धेरै खियौ आमा

प्रकृतिको नियम यस्तै आएपछि जानुपर्ने
रूपसँग शरीर त्यो सधैँ लागी बित्यौ आमा ।

लक्ष्मी दत्त भट्ट सत्यप्रेमी
चादनी – ५, विष्णुनगर, कञ्चनपुर, महाकाली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *