प्रत्येक नेपालीको मुटुको स्पन्दनमा
तातो अनि रातो रगत बनेर
नशा नशामा श्रीजनको लहर उचाल्दै
सगरमाथाको शीरदेखि
मैदानी फाँटहरुसम्म
वाङ्गमयको उन्नति विकास र स्थापनाका लागि
साहित्यको वङ्श उत्पादनमा पराग बनेर उभिरह्यौ !
हो तिमी सप्त गण्डकीको
किनारबाट उभो बग्दैबग्दै
बालुवाका अनगिन्ती कणहरुमा
ढुङ्गाका असिमित डोबहरुमा
अजङ्गका कान्ला र घुम्तीहरुमा
अनवरत पौडी खेल्दै र बहेलिदै
शिरु फुल्ने फाँटहरुसम्म
साहासिलो साहित्यको फराकिलो खुराक बनेर उभिरह्यौ !
वानीरा !
नारीरत्नको आदर्श र उचाईका लागि
पूजनीय बनेर र बनाई राख्न
छोरी, बुहारी, सासु र आमासम्म
असमानताको कालो सीमारेखालाई
सदासदाको लागि मेट्न र मेटाउन
कहिल्यौ ननिभ्ने प्रेमको ज्योति बनेर
पालामा हैन मनमुटुमा दीप बनेर
उजेलियौ र उभिरह्यौ !
शब्दका सम्मोहनले
ओठ र आँखाहरुमा मुस्कुराउँदै
सप्रेमी हातहरुमा स्नेहले चुम्दै
भाषा र साहित्यमा आजीवन समर्पित
कर्मठ पौरखी र कर्तव्यसिल नारी तिमी
माटो, मुटु र मनमा सदा झुलिरयौ
आदरणीय र सम्माननीय प्यारी वानीरा
तिमी नेपाली भाषा बोलिने धर्तिभरि
मुस्कुरायौ र फुलीरह्यौ !
काठमाडौँ, हालः इजरायल
