हाम्मो बाको काम छैन…
के पो खाऊँ माम छैन…
काले भन्छन् ठालु आई
प्यारो लाग्ने नाम छैन…
पढ्ने लेख्ने के गरी हो
कापी किन्ने दाम छैन..
नाना लाम्ने बात छोड
जाडो लाग्दा घाम छैन…
पाटीमा गै सुत्छु भोकै
खाने बस्ने ठाम छैन…
छन्द – ल्होत्से (सगरमाथा सँगैको हिमाल)
SSS SSl SS
म त गु.गु.
(४ अक्षरमा विश्राम)
