म प्रवासमा बन्दकी छु . . . . . .

Asmi, Gm, अस्मी जि. एम., pallawa, पल्लव

अस्मी जि. एम.

के छ होला गाउँको खबर कस्ता भए बाबा आमा
म प्रवासमा बन्दकी छु बाँच्लान कसको सहारामा

सम्झी ल्याउँदा मुटु पोल्छ छट्पटीले कता कता
गाह्रो होला मलाइ जस्तै अपनाउन संयमता
खुसी छन् कि बेखुशी खै होलान् कस्तो अवस्थामा
म प्रवासमा बन्दकी छु बांच्लन कसको साहारामा

साथी संगी देख्दा पलपल मेरो तस्बिर छुँदा होलान्
सम्झी सम्झी मलाइ कति भाव विव्हल हुँदा होलान्
सम्हाले कि आफूलाई खै जल्दै होलान् बिवासतामा
म प्रवासमा बन्दकी छु बाँच्लान कसको साहारामा

के छ होला गाउँको खबर कस्ता भए बाबा आमा
म प्रवासमा बन्दकी छु बाँच्लान कसको सहारामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.