हाम्रा अतितहरू

Deepak, pratap, thapa, दीपक प्रताप थापा, pallawa, पल्लव

दीपक प्रताप थापा

एउटै थियो तिम्रो मेरो,जिबनका बाटाहरु
एक सिक्का झैअभिन्न,जस्तै दुइ पाटाहरु /

बर पिपल झै संगै जिउने हामि बिचको संबन्ध
कति मीठो कति सुन्दर थियो हाम्रो नाताहरु/

लैला मजनुन मुनामदन जस्तै हाम्रो प्रितिहरु
नदि सगै किनार जस्तो थियो हाम्रो साथहरु/

 

तर दैब आइ चट्ट चुडी लग्यो तिम्लाइ आज
गर्नु गर्यो एक्लो बनाइ दियो बज्र पातहरु /

तिमि छैनौ मेरा लागि अब बाकि के नै रह्यो?
शुन्य लाग्छ सन्सार अनि घाम जुन रातहरू /

Deepak pratap thapa
Lamjung vakunde bazaar,

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.