गाउँमा फेरी हात जोडी ,सवारी आउँदैछ
होश गर्नु शिकार फाल्दै ,शिकारी आउँदैछ,
ए माटोका ब्यापारीको हो !चिहान किनी राख्नु
तिम्रो बिरोध गर्दै खंजर,कटारी आउँदैछ ,
आगो जस्तै भर्भराई ,घामले खबर दियो
रफ्तार केहि तेज गर ,छहारी आउँदैछ,
पर्ख सहिद तिम्रो यहाँ सालिक भए पुग्छ
साथै लैजाउ पछिपछि चिनारी आउँदैछ!!
माईधार झापा
